असोज १९, काठमाडौँ । सर्वसाधारणका लागि नेपाल वेयरहाउजिङ्ग
कम्पनी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कार्तिक १०
गतदेखि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न
लागेको हो।
आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २०
प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ
अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति कम्पनीले पाएको
थियो।
सोमध्ये पहिलो चरणमा कम्पनीले नेपाल सरकारको
सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १
करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गर्न
लागेको हो।
कम्पनीको
आईपीओमा न्यूनतम १० कित्तादेखी अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ भने कम्पनीको
आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कार्तिक २४ गतेसम्म आवेदन दिने समय
तोकिएको छ ।
हिमालयन
क्यापिटल लिमिटेड कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा
सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड
क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन ।
क्रेडिट
रेटिङ्गले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा कम्पनीलाई आईआरएन डबल बी
इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने
क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
- न्युज बहार संवाददाता