Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि खुल्यो सर्वसाधारणका लागि यस कम्पनीको आईपीओ

  •   ३ वर्ष अघि | ८ मंसिर २०८०, शुक्रबार

मंसिर ८, काठमाडौँ । आज शुक्रबारदेखि सर्वसाधारणका लागि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा खुल्ला गरेको छ ।

एक सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले आईपीओ निस्कासन खुला भएको जनाएको हो ।

सर्वसाधारणले आज १० बजेपछि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । मंसिर १२ गते ५ बजेसम्म आईपीओमा आवेदन दिन सकिनेछ ।

सर्वसाधारणलाई कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात कुल ११ लाख ४८ हजार कित्ता सेयर निस्कासन गरेको हो ।

कम्पनीको आईपीओमा सर्वसाधारणले अंकित मूल्य १०० का दरले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० देखी अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो एक फरक प्रकृतिको कम्पनी हो । यो कम्पनी कृषि उत्पादनलाई सहयोग गर्नेगरी सञ्चालनमा आएको हो ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यस प्रकारको रेटिङको अर्थ कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरमा जोखिम रहेको भन्ने गरिन्छ।

यस कम्पनिमा मुक्तिनाथ विकास बैंकको समेत लगानी रहेको छ । 

  • न्युज बहार संवाददाता

थप