फागुन ७, काठमाडौँ । आज
सातौँ निर्वाचन दिवस मनाइएको छ ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने मुल नाराका साथ निर्वाचन
दिवस मनाइएको हो। कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख
निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको
निर्वाचन खर्च कानूनबमोजिम विवरण समयमै बुझाउन उम्मेदवारहरूलाई अनुरोध गरे ।
प्रमुख आयुक्त थपलियाले भने, “आयोग निर्वाचन कानूनमा भएको व्यवस्थाअनुसार अघि बढ्छ, निर्वाचन कानूनको अवज्ञा क्षम्य
हुँदैन ।”
प्रमुख थपलियाले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेश गर्न लागिएको बताए । आज कार्यक्रमको अवसरमा कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।