साउन १३, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सागर डिस्टिलरीलाई आइपिओ निष्कासन गर्ने अनुमति दिएको छ।
साउन १२
गते कम्पनीले बोर्डबाट आइपिओ निष्कासन गर्ने अनुमति पाएको हो।
सर्वसाधारणको
लागि कम्पनीले १४ करोड ५२ लाख रूपैयाँको १४ लाख ५२ हजार कित्ता सेयर जारी गर्नेछ
भने कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
कम्पनीले
इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीबाट 'बी प्लस रेटिङ' पाएको छ। यसले अर्थ कम्पनीको
दायित्व पूरा गर्ने क्षमता उच्च जोखिम युक्त रहेको संकेत गर्छ।
यस कम्पनीको
वार्षिक मदिरा उत्पादन ५० लाख लिटर छ। कम्पनीले रोयल ब्लु, ग्रे वुल्फ, नेप्से बुल्स, गभर्नर नामका मदिरा उत्पादन
गर्दै आइरहेको छ।
- न्युज बहार संवाददाता