Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एसवाई प्यानल नेपालले कात्तिक १९ गतेदेखि आईपीओ जारी गर्ने

  •   ११ महिना अघि | १४ कार्तिक २०८२, बिहिबार

कात्तिक १३, काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडले आगामी कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (सार्वजनिक शेयर) जारी गर्ने भएको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा कार्यरत नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँट गरिसकेको हो।

कम्पनीको जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ रहेको छ, जसको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न स्वीकृति प्राप्त भएको थियो।

पहिलो चरणमा कम्पनीले

·         २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयहरूलाई र

·         ४ लाख ९७ हजार ९२ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई जारी गरिसकेको छ।

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर छुट्याएको छ।

अब दोस्रो चरणमा कम्पनीले साधारण लगानीकर्ताका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर सार्वजनिक गर्नेछ, जसको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन अवधि छिटोमा कात्तिक २३ गते र ढिलोमा मंसिर ३ गते बन्द हुनेछ।

आईपीओको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी (BB) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

यस आईपीओको बिक्री व्यवस्थापन प्रभु क्यापिटल लिमिटेड ले गर्नेछ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सदस्य बैंक, वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरूमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

 

  • न्युज बहार संवाददाता

थप