भदौ
१९, काठमाडौँ । आज बुधबार शेयर बजारमा उच्च अंकको घटेको छ । आज नेप्से ९०.७३ अंक( ३.२०
प्रतिशत)ले घटेर २७३९.४६ विन्दुमा बन्द भएको छ ।
यस दिन नेप्से सँगै
कारोबार रकम पनि घटेको छ ।
आज बजारमा कुल १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५
रुपैयाँ बराबरको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर खरिद बिक्री भएको छ।
आज बजारमा पनि ५ वटा कम्पनीको शेयरमूल्य सकारात्मक
सर्किट लागेर बढेको छ। यस दिन विन नेपाल लघुवित्त, सामुदायिक
लघुवित्त एक्सेल डेभलपमेन्ट बैंक, समाज लघुवित्तको
शेयरमूल्य १० प्रतिशतले बढेको छ भने इष्टन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले
बढेको छ भने गुडविल फाइनान्सको शेयरमूल्य ८.७३ प्रतिशतले घटेको छ ।
यस दिन नेपाल
फाइनान्सको ३० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३
वटै उपसमूहको सूचकमा गिरावट देखिएको छ । १३ मध्ये फाइनान्स उपसमूहको सूचक सबैभन्दा
धेरै ५.१५ प्रतिशतले घटेको छ छ ।
- न्युज बहार संवाददाता