Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्से र कारोबार रकममा आज सामान्य करेक्सन

  •   ३ वर्ष अघि | ३० फाल्गुन २०८०, बुधबार

फागुन ३०, काठमाडौँ । नेप्सेमा आज बुधबार सामान्य करेक्सन आएको छ । केही दिनको लागातार बृद्धी पछी नेप्से यसदिन सामान्य अंक घटेको हो।

आज नेप्से परिसूचक २.४८ अंक(०.११ प्रतिशत)ले घटेर २१०८.७२ विन्दुमा बन्द भएको छ। 

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ । यस दिन ३१० स्टकको ७३ हजार ५०६ पटकको कारोबारमा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ८९ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन विन नेपाल लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन अप्पर तामाकोशीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको आज २५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक घटेको छ भने ६ उपसमूहको परिसूचक बढेको छ । आज सर्वाधिक २.३२ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ भने जलविद्युत, होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

  • न्युज बहार संवाददाता

थप