Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१७.३० अंकले घट्यो नेप्से, सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १७.३० अंक (०.८५ प्रतिशत)ले घटेको छ।

यस दिन नेप्से २०१८.३३ विन्दुमा बन्द भएको हो ।

आज नेप्से परिसुचक घट्दा पनि कारोबार रकममा वृद्धि भएको छ।

आज नेप्सेमा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रूपैयाँको सेयर कारोबार भएको हो ।

यस दिन ३१६ वटा धितोपत्रको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर किनबेच भएको हो।

आज १७२ वटाको घटेको छ भने ६३ कम्पनीको सेयर मूल्य बढेको छ र १० कम्पनीको सेयर मूल्य स्थिरनै रहेको छ।  

आज सर्वाधिक १० प्रतिशतले मायाखोला हाइड्रोपावरको सेयर मूल्य बढेको छ  भने सर्वाधिक ९.९९ प्रतिशतले सर्वोत्तम सिमेन्टको मूल्य घटेको छ ।

यसदिन नेप्सेमा सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको आज मात्र २८ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बाँकी सबै समूहको परिसूचक घट्दा निर्जीवन बीमा समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ ।  

यसदिन सर्वाधिक ३.६५ प्रतिशतले उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप