फागुन
१४, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको
छ।
यस दिन नेप्से परिसूचक टेवा
क्षेत्रबाट उकालो लागेको हो।
सोमबार नेप्से परिसूचक १३.२८ अंक(०.६७ प्रतिशत)ले बढेर १९९२.३० विन्दुमा नम्द भएको छ।
यस दिन नेप्से
परिसुचक बढेपनि भोल्यूम भने कमजोर देखिएको छ। यस दिन ३१४ स्टकको ४९ हजार
९४० पटकको कारोबारमा २ अर्ब १ करोड ७७ लाख रुपैयाँ बराबरको ५९ लाख ८८ हजार कित्ता
शेयर खरिदबिक्री भएको छ।
यस दिन पनि बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक
सर्किट लेभलमा कारोबार भएको छ भने
यस दिन समाज लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन सोनापुर मिनरल्स
एण्ड आयल कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ९ करोड
७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबार भएका १३
उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। सोमबार सर्वाधिक
२.५१ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने यस दिन लघुवित्त,
वित्त र
म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता