Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

९.३३ अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

  •   ३ वर्ष अघि | २३ फाल्गुन २०८०, बुधबार

फागुन २३, काठमाडौँ । आज बुधबार सेयर  बजार नेप्सेमा केही सुधार देखिएको छ ।  बुधबार नेप्से परिसूचक ९.३३ अंक(०.४६ प्रतिशत) बढेर २०१७.०३ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । यस दिन ३०८ स्टकको ५८ हजार ९४० पटकको कारोबारमा ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

डोल्टी पावर कम्पनीको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.७१ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ३३ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने १० उपसमूहको परिसूचक बढेको छ । सर्वाधिक १.६८ प्रतिशतले यस दिन वित्त उपसमूहको परिसूचक बढेको छ भने यस दिन बैंकिङ्ग, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो।

  • न्युज बहार संवाददाता

थप