Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

केही दिनको निरन्तर गिरावटपछी ७८.३१ अंकले बढ्यो नेप्से

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

भदौँ २७, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३ प्रतिशतले बढेको छ । पछिल्लो केही दिन निरन्तर घटेको नेप्से यस दिन बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ७८.३१ अंकले बढेर २६८८.५३ विन्दुमा बन्द भएको छ ।आज नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। बजारमा यस दिन ३१८ स्टकको १ लाख ३ हजार ४६२ पटकको कारोबारमा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ९४ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु १२ वटा उपसमूहको परिसूचक बढेको छ। यस दिन सर्वाधिक ४.२४ प्रतिशतले जलविद्युत उपसमूहको परिसूचक बढेको छ।

त्यस्तै, यस दिन ३ प्रतिशतभन्दा बढी वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसुचक बढेको छ ।

आज म्युचुअल फण्ड उपसमूहको परिसूचक भने ०.०९ प्रतिशतले घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप