Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

४५.६९ अंकले बढ्यो नेप्से

  •   २ वर्ष अघि | ६ जेष्ठ २०८१, आइतवार

जेठ ६, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४५.६९ अंक (२.२६ प्रतिशत)ले बढेको छ ।  आज नेप्से बढ्नुको सकारात्मक कारण बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न सहज हुनु लाई मानिएको छ ।

आइतबार नेप्से २.२६ प्रतिशतले परिसूचक बढेर २०६४.४५ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बृद्धी भएको छ। आज बजारमा ३२३ स्टकको ७४ हजार ९९१ पटकको कारोबारमा ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।आइतबार ४ स्टक सबैको लघुवित्त, आत्मनिर्भर लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माण्डु हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। 

  • न्युज बहार संवाददाता

थप