भदौ २७, काठमाडौँ । बुधबार नेप्से परिसूचक ३९.४८ अंक(२.०० प्रतिशत)ले बढेर २००७.०६ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन २७५ वटा धितोपत्रको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर किनबेचबाट १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँको कारोबार भएको छ ।
यस दिन बरुण हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा थ्री स्टार हाइड्रोपावर रहेको छ।
आज नेप्सेमा एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।
त्यसैगरी आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से पनि बढेको हो । बुधबार जलविद्युत समूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशतले बढेको हो।
- न्युज बहार संवाददाता