फागुन १०, काठमाडौँ । नेप्से परिसूचक बुधबार ३३.५७ अंकले बढेको छ। आजको दिन नेप्से १.६४ प्रतिशतले बढेर २०८०.३८ बिन्दुमा बन्द भएको छ।
बुधबार परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको पाइएको छ। आज कारोबार रकम १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ पुगेको छ भने सोमबार कारोबारको दिन १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा थियो ।बुधबार २६९ वटा धितोपत्रको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ९.८० प्रतिशतले लिवर्टी इनर्जीको सेयर मूल्य सर्वाधिक बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य २८८ रुपैयाँमा कारोबार भएको छ। यस्तै, छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि ९.५६ प्रतिशतले बढेर प्रति कित्ता ३६८ रुपैयाँमा कारोबार भएको छ।
नेप्सेको
सबै जसो उपसमुह बढ्दा लघुबित्त उपसमुह भने नराम्ररी घटेको छ । यस दिन सर्वाधिक
मूल्य घट्नेमा आदर्श लघुवित्त कम्पनि नै रहेको छ। उक्त कम्पनीको सेयर मूल्य
सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ९१७ रुपैयाँमा झरेको छ।
आज नेप्सेमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक १.३८ र ०.१५ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यस दिन
जलविद्युत समूहको परिसूचकमा लगानीकर्ताको उच्च आकर्षण रहेको छ। उक्त समूहको
परिसूचक सर्वाधिक ३.८५ प्रतिशतले बढेको छ।
यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक ३.०७ प्रतिशतले बढेको छ। यसैगरी, विकास बैंक, वित्त, लगानी र निर्जीवन बीमा समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको हो।