पुस २९, काठमाडौँ । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन तथा साताको पहिलो कारोबारदिन नेप्से परिसुचक बढेर बन्द भएको छ। यस दिन नेप्से ३१.६२ अंक (१.५१ प्रतिशत)ले बढेर बन्द भएको छ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज ३१४ स्टकको ९४ हजार ५२६ पटकको कारोबारमा ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
आज आइतबार ११ स्टकको शेयर मुल्य सकारात्मक सर्किट लेभलमा
कारोबार भएको छ। जसमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् भने कारोबारमा आएको
मेगा म्युचुअल फण्ड १ को इकाईमूल्य यस दिन साढे ९ प्रतिशत घटेको छ ।
यस दिन कारोबार रकमका
आधारमा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ।
१३
उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक घट्दा ११ उपसमूहको परिसूचक बढेको छ।
यस दिन सर्वाधिक ४.५८ प्रतिशतले जलविद्युत उपसमूहको परिसूचक बढेको छ भने होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेको छ ।
- न्युज बहार संवाददाता