Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२.४१ अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

  •   २ वर्ष अघि | २१ माघ २०८१, सोमवार

माघ २१, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

आज नेप्से परिसूचक २.४१ अंकले बढेर २७३०.०० विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से बढेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने सामान्य घटेको छ। बजारमा यस दिन ३१९ स्टकको १ लाख ११ हजार ९१८ पटकको कारोबारमा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँबराबरको २ करोड ३७ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दुई स्टकउपकार लघुवित्त वित्तीय संस्था र भुगोल इजर्नी डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दुई स्टक ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावर कम्पनिको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ३५ करोड ३० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।

यस दिन बैंकिङ्ग, जीवन बीमा, लगायत  उपसमूहको परिसूचक सामान्य बढेको छ भने वित्त उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.०७ प्रतिशतले घटेको छ।

  • न्युज बहार संवाददाता

थप