Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्से १६.४९ अंकले बृद्धि, कारोबार रकममा भने गिरावट।

  •   ३ वर्ष अघि | १० जेष्ठ २०८०, बुधबार

जेठ १०, काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ। आज सेयर बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा पुगेर बन्द भएको हो ।

गत साताको मंगलबारदेखि बढ्न सुरु भएको नेप्से त्यसयताको ७ औं दिन पनि लगातार वृद्धि भएको छ ।

आज बुधबार नेप्सेमा हाइड्रोपावर, वित्त कम्पनी  र म्युचुअल फण्ड उपसूचकमा गिरावट आयो भने त्यसबाहेक अन्य उपसूचकहरु भने बृद्धि भए।

आज उत्पादनमूलक उपसूचक सर्वाधिक ४.६९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ४.४७ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेमा वृद्धि भएपनि आज कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ । यस दिन नेप्सेमा १ अर्ब ८७ करोड ३० लाखको कारोबार भएको छ ।

  • न्युज बहार संवाददाता

थप