२४ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा माथिको गिरावट आएको छ । आज बजार परिसूचक नेप्से १९.१२ अंक (१.०२ प्रतिशत) ले गिरावट हुँदा १८५०.६१ अंकमा बन्द भएको हो ।
आज आइतबार नेप्सेमा सबै उपसूचमा गिरावट आएको छ । सर्वाधिक गिरावट हाइड्रोपावर उपसूचकमा २.०४ प्रतिशतको आएको छ भने होटल तथा पर्यटन उपसूचकमा १.७९ प्रतिशतले गिरावट भएको छ ।
त्यसै गरि अन्य उपसुचकर्जीवन नर्जिबन बिमा, लघुवित्त, लगानी, विकास बैंक र वित्त कम्पनीमा पनि १-१ प्रतिशत भन्दा माथिको गिरावट आएको छ ।
आज आइतबार कारोबार रकम संकुचित भएर ६० करोडमा सीमित भएको छ ।
- न्युज बहार संवाददाता