Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

  •   ३ वर्ष अघि | ९ माघ २०८०, मङ्लबार

माघ ९, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक ०.४० अंक(०.०१ प्रतिशत)ले घटेर २०९८.२९ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आज ३१० स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख १ हजार कित्ता शेयर कारोबार भएको छ।

मंगलबार दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल ल्यूब आयल लिमिटेड र चन्द्रागिरी हिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज सर्वाधिक ६.२० प्रतिशतले मिड सोलु हाइड्रोपावरको शेयरमूल्य घटेको छ।

यस दिन पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

यस दिन १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक घटेको छ भने ६ उपसमूहको परिसूचक बढेको छ ।

आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.७४ प्रतिशतले बढेको छ। 

  • न्युज बहार संवाददाता

थप