बैशाख २३, काठमाडौँ । नेप्से परिसूचक आइतबार साताको पहिलो कारोबार दिन घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक २४.५८ अंक(१.२३ प्रतिशत)ले घटेर १९७४.३७ विन्दु बन्द भएको छ।
यस
दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३१६ स्टकको ६० हजार ५२३
पटकको कारोबारमा ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ बराबरको ९७ लाख ६२ हजार कित्ता
शेयर खरिदबिक्री भएको हो।
यस दिन सर्वाधिक ९.५६
प्रतिशतले दोल्टी पावर कम्पनीको शेयरमूल्य बढेको छ भने सर्वाधिक ९.९२ प्रतिशत कारोबारमा
आएको पिपुल्स पावरको शेयरमूल्य घटेको छ।
यस दिन कारोबार रकमका
आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त फाइनान्सको यस दिन १२ करोड ६४
लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ उपसमूहमध्ये दुई
उपसमूहको परिसूचक बढ्दा अन्य छ भने ११ उपसमूहको परिसूचक घटेका छन । आज सामान्य अंकले
लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक, वित्त र उत्पादन तथा
प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
- न्युज बहार संवाददाता