पुस १४, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ विन्दुमा बन्द भएको हो ।
यस दिन नेप्से घटेपनि कारोबार
रकम भने बढेको छ। बजारमा यस दिन ३१६ स्टकको ६६ हजार ७७४ पटकको कारोबारमा ५ अर्ब ४७
करोड ४८ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड १० लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री
भएको छ।
मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर यस दिन सकारात्मक
सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नारायणी डेभलपमेन्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स
वित्तीय संस्था, जानकी
फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको
शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यस दिन कारोबार रकमका आधारमा प्रभु बैंक शीर्ष स्थानमा
रहेको छ। उक्त बैंकको यस दिन २६ करोड १० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
आज
कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको
परिसूचक बढेको छ ।
यस
दिन सर्वाधिक १.१२ प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ। त्यस्तै यस
दिन विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ ।
- न्युज बहार संवाददाता