असार
१६, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ
।
आइतबार
नेप्से परिसूचक १४.८३ अंक(०.७२ प्रतिशत)ले घटेर २०३७.०९ विन्दुमा बन्द भएको छ।
यस
दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । यस दिन ३२० स्टकको ५० हजार ९५२ पटकको
कारोबारमा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता
शेयर खरिदबिक्री भएको हो।
आज नेप्सेमा सर्वाधिक
७.०६ प्रतिशतले मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य बढेको छ भने सर्वाधिक ९.३०
प्रतिशत कारोबारमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य घटेको
छ।
आज कारोबार रकमका
आधारमा न नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त फाइनान्सको यस दिन १२ करोड
८८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबारमा आएका १३
उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ ।
आज सामान्य अंकले वित्त
र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक १.३७ प्रतिशतले लघुवित्त
उपसमूहको घटेको छ।
- न्युज बहार संवाददाता