माघ २८, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।
यसदिन नेप्से परिसूचक १०.५० अंक(०.५० प्रतिशत)ले घटेर २०८५.८२ विन्दुमा बन्द
भएको छ।
यस दिन नेप्से घटेपनि कारोबार
रकम भने बृद्धी भएको छ। बजारमा यस दिन ३०५ स्टकको ८३ हजार ८७७ पटकको कारोबारमा ४
अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री
भएको छ।
यस दिन समाज लघुवित्त
वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको गरी दुई स्टकको शेयर सकारात्मक
सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा आएको एनआईसी एशिया ग्रोथ फण्ड २ को
इकाई यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन कारोबार रकमका
आधारमा बिगतका अन्य दिनहरु जस्तै हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ
भने यस कम्पनीको आज ६२ करोड ४७ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस
दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक घटेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ ।
आज विकास बैंक जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य
बढेको छ भने कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक
२.८८ प्रतिशत घटेको छ ।
- न्युज बहार संवाददाता