Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्से निरन्तर ओरालो यात्रामा, आज २८.४० अंकको गिरावट ।

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

साउन २३, काठमाडौँ । मंगलबार साताको तेस्रो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ ।

यस दिन नेप्से परिसूचक २८.४० अंक (१.३८ प्रतिशत) ले घटेर २०१९.८५ बिन्दुमा बन्द भएको छ।

आज परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

यस दिन २६५ वटा धितोपत्रको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेचबाट १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्समा स्वरोजगार लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा ग्लोबल आइएमई डिवेञ्चर२०८०/८१ रहेको छ।

हिजो जस्तै आज मंगलबार पनि आइएमई लाइफ इन्स्योरेनसको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेका छन । आज व्यापार समूहको परिसूचक सर्वाधिक २.७० प्रतिशतले घटेको हो।

  • न्युज बहार संवाददाता

थप