Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्सेले दियो ओरालो यात्रालाई निरन्तरता

  •   २ वर्ष अघि | १९ चैत्र २०८०, सोमवार

चैत १९, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक ६.२६ अंक(०.३१ प्रतिशत)ले घटेर २०१२.०७ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्से परिसुचकसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३१५ स्टकको ६३ हजार १५ पटकको कारोबारमा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

सोमबार घटेको नेप्सेमा दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माइ खोला हाइड्रोपावर र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज रिभर फल्स पावर कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । यस दिन उक्त कम्पनीको ४७ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

यस दिन व्यापार  र होटल तथा पर्यटन उपसमूहको परिसूचक क्रमश: ०.२० प्रतिशत र १.१६ प्रतिशतले बढेको छ । 

  • न्युज बहार संवाददाता

थप