Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

तिन सर्किट ब्रेक पछी आजलाई बन्द भयो नेप्से

  •   ३ वर्ष अघि | २४ मंसिर २०८०, आइतवार

मंसिर २४, काठमाडौँ । नेप्से परिसूचक दुई वर्षपछि एकै दिन उच्च अंकले बढेको छ। 

आज एकै दिन नेप्से एक सय ११ बिन्दुले बढेपछि तेस्रो सर्किट समेत ब्रेक लागेर बजार बन्द भएको छ । 

तीन घण्टा अघि नै १२ बजेर ९ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेपछि आजलाई बजार बन्द गरिएको हो । सर्किट ब्रेक भएपछि साविक दिनमा ४ घण्टा हुने कारोबार यस दिन जम्मा ७ मिनेट मात्र कारोबार हुन पाएको हो । 

आज यसरी सर्किट लेबलमा बढेपछी नेप्से परिसूचक करिब साढे तीन महिनायताकै उच्च बिन्दुमा आइपुगेको छ। सर्किट ब्रेक लागेर बजार बन्द हुँदा नेप्से १९६३.९३ बिन्दुमा आइपुगेको छ।

आज बजार खुले देखिनै उत्साहजनक रुपमा बढेपछि यस दिन तीन पटकसम्म सर्किट ब्रेक लागेको हो। पहिलो सर्किट ब्रेक ४ प्रतिशतले बढेर बजार खुलेको ५ मिनटमा,  दोस्रो सर्किट ब्रेक पहिलो सर्किट ब्रेक लागेर खुलेको एक मिनेटमै लागेको थियो। 

राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएकोले लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह भएको मानिएको छ। 

आइतबार बजारमा नौ मिनेट मात्रै कारोबार भएकोले ४८ करोड २४ लाख रूपैयाँको कारोबार भएको छ। आज कारोबारमा आएको सबै समूहगत परिसूचकमा वृद्धि भएको छ। सबैभन्दा धेरै ८.६३ प्रतिशतले जलविद्युत समूहगत परिसूचक बढेको छ। होटेल, वित्त र विकास बैंक, लगानी समूहको परिसूचक ६ प्रतिशतभन्दा धेरैले बढेको छ। 
यसदिन कारोबारमा आएको ६ कम्पनीहरू रिलायन्स फाइनान्स, जोशी जलविद्युत, राप्ति हाइड्रो, शुभम पावर, कालिञ्चोक दर्शन, इन्ग्वा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतको दरमा बढेको छ।

  • न्युज बहार संवाददाता

थप