भदौ
१२, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको
छ।
बिहीबार नेप्से परिसूचक
३८.१० अंकले घटेर २७८१.०० विन्दुमा बन्द भएको छ।
यस दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। बजारमा
यस दिन ३२२ स्टकको ७८ हजार ३७९ पटकको कारोबारमा ८ अर्ब ९ करोड ५६ लाख १० हजार
रुपैयाँबराबरको १ करोड ७८ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन विकास
हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको
ओरियन्टल होटलको शेयरमूल्य यस दिन सर्वाधिक ४.७१ प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका
आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ६५
करोड ४४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३
उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक
२.३८ प्रतिशतले विकास बैंक उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता