साउन २७, काठमाडौँ । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो १७ कारोबार दिनपछि यस दिन नेप्से घटेर २८०० विन्दुभन्दा तल झरेको छ।
मंगलबार नेप्से परिसूचक
२६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा झरेको छ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस
दिन ३२३ स्टकको ७८ हजार २२६ पटकको कारोबारमा ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँबराबरको
१ करोड ७६ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन नेप्से घटेपनि सिटि
होटलको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिक्लेस
हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन कारोबार रकमका
आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन २६
करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको हो।
आज कारोबारमा आएको १३
उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ।
यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.३२ प्रतिशतले बढेको हो।
- न्युज बहार संवाददाता