Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा बन्द भयो नेप्से

  •   २ वर्ष अघि | ४ कार्तिक २०८१, आइतवार

कात्तिक ४, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्से घटेपनि भोल्यूम भने बृद्धी भएको छ । बजारमा यस दिन ३१५ स्टकको ८८ हजार ७१४ पटकको कारोबारमा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ८ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन इष्टर्न हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन कारोबार रकमका आधारमा गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। उक्त फाइनान्सको यस दिन ४५ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ । यस दिन सर्वाधिक ४ प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ । 

  • न्युज बहार संवाददाता

थप