पुस
२, काठमाडौँ । आज मंगलबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले
बढेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक
२.९५ अंकले बढेर २६३३.८७ विन्दुमा बन्द भएको हो ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको
तुलनामा घटेको छ । बजारमा यस दिन ३१८ स्टकको ५३ हजार ९५७ पटकको कारोबारमा ४ अर्ब
३४ करोड ३२ लाख ३४ हजार रुपैयाँबराबरको ८९ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको
छ।
यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको
शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर
नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आज कारोबार रकमका
आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त फाइनान्सको यस दिन २२ करोड २४
लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको हो ।
आज कारोबारमा आएका १३
उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।
कुनैपनि उपसमूहको
परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटबढ भएको छैन।
- न्युज बहार संवाददाता