साउन २३, काठमाडौँ । आज देखि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ बिक्री कुला भएको छ। कम्पनिले प्रिमियममा आइपिओ निष्कासन गरेको हो।
कम्पनिले ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुलाएको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा आइपिओ निष्कासन गरेको हो।
उक्त आइपिओमा साउन २३ देखी २६ गतेसम्म आवेदन दिन सकिनेछ भने आइपिओमा न्यूनतम १० कित्ता देखी अधिकतममा ५ हजार ४०० कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ।
आवेदन दिन चाहाने आवेदकहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूवाट आवेदन दिन सक्ने छन ।
यसैगरी सिडिएस एण्ड क्लियरिङ लिमिटेडको 'मेरो सेयर' सफ्टवेयरबाट पनि अनलाईन आवेदन दिने वयवस्था गरिएको छ।
- न्युज बहार संवाददाता