फागुन ८, काठमाडौँ । फागुन २२ गतेदेखि सर्वसाधारणका लागि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले
१८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार
कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म
आवेदन दिन सकिनेछ।
कम्पनीको
सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ भने फागुन
२६ गतेसम्म लगानीकर्ताले यस आइपिओमा आवेदन दिन सकिनेछ ।
यस आइपिओमा
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा
सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड
क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन
सक्नेछन्।
- न्युज बहार संवाददाता