साउन
३१, काठमाडौँ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सर्वसाधारणको लागि निष्काशन
गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर आज बुधबार साँझ ५ः३० बजे निष्काशन
तथा बिक्री प्रबन्धक सिभिल मार्केट्स क्यापिटलको कार्यालय शेयर बाँडफाँट भएको हो ।
कुल १३ लाख ६४ हजार ३५३ जनाले कम्पनीको
आइपीओमा आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ५१७ जनाको आवेदन रद्ध भएको थियो । त्यसपछी
कम्पनीको आईपीओमा बाँकी १३ लाख ५६ हजार ८३६ जनाको मात्रै योग्य आवेदन परेको थियो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा
बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर
वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्ये ९ लाख ६० हजार जनाले १० कित्ताका
दरले शेयर पाएका छन् ।
आईपीओ बाँडफाँटको नतिजा कम्पनिको
वेवसाईट, निष्काशन तथा बिक्री प्रबन्धक वेवसाईट तथा
मेरो सेयरको अफिसिएल वेवसाईटबाट हेर्न सकिन्छ ।
- न्युज बहार संवाददाता