Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सामान्य अंकले बढेको नेप्सेमा निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधीक बृद्धी

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

भदौं १८, काठमाडौँ । आज मंगलबार शेयर बजार परिसुचक ६.९४ अंकले बढेको छ ।

यस दिन नेप्सेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि सामान्य बढेको छ। बजारमा यस दिन ३२८ स्टकको १ लाख ४४ हजार १९७ पटकको कारोबारमा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको ३ करोड ५ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से सामान्य अंक बढ्दा पनि यस दिन ११ कम्पनिका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छ। यस दिन विन्ध्यबासिनी हाइड्रोपावर, मातृभूमि लघुवित्त, एनएलजी इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, इष्टर्न हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सर्वाधिक ८.८६ प्रतिशतले आज कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त इन्स्योरेन्सको आज ३४ करोड ७२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमुह मध्ये लगानीकर्ताहरु निर्जीवन बीमा कम्पनीतर्फ आकर्षित भएका छन्। आज निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशतले बढेको छ।

आज अन्य ४ उपसुमहको परिसुचक उपसमूहको परिसूचक पनि बढेको छ। यस दिन सर्वाधिक १.५७ प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप