Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सामान्य बढेको नेप्सेमा, ५ स्टकको शेयर मुल्य सकारात्मक सर्किट लेभलमा कारोबार

  •   ३ वर्ष अघि | २४ माघ २०८०, बुधबार

माघ २४, काठमाडौँ । बुधबार नेप्से परिसूचक समान्य अंक बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ४.९२ अंक (०.२३ प्रतिशत)ले बढेर २०९०.६४ विन्दुमा बन्द भएको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। यस दिन ३१३ स्टकको ६५ हजार ४६३ पटकको कारोबारमा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँ बराबरको ७७ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार नेप्सेमा ५ स्टकको शेयर मुल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर, गुराँस लघुवित्त, एशियन हाइड्रोपावर, समाज लघुवित्त र इष्टर्न हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्वाधिक ५.२५ प्रतिशतले कारोबारमा आएको ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य घटेको छ।

यस दिन पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक घटेको छ भने ७ उपसमूहको परिसूचक बढेको छ । 

  • न्युज बहार संवाददाता

थप