Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारत लगायत सिंगापुर दुबईमा हिमालयन रिइन्स्योरेन्स शाखा विस्तार गर्ने तयारीमा

  •   ३ वर्ष अघि | ९ चैत्र २०८०, शुक्रबार

चैत ९, काठमाडौँ। सिंगापुर, भारत, थाइल्याण्ड र  दुबईमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडले शाखा विस्तार गर्ने भएको छ ।

कम्पनीले यी ४ देशमा शाखा विस्तारको प्रक्रिया अघि बढाएको छ भने कम्पनिले हालै बहुप्रतिष्ठित रेटिङ एजेन्सी एएम बेस्टबाट बी प्लस रेटिङ समेत पाएको छ ।

कम्पनीको दाबी गरेअनुसार ती देशहरुमा शाखा विस्तार भएपछि मध्य पूर्व, युरोप, दक्षिण पूर्व, अष्ट्रेलिया तथा अफ्रिका जस्ता प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्ग प्रशस्त हुने छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लखे गरिए अनुसार केही महिना अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न आवश्यक एफआरएन नम्बर पाएर भारतमा शाखा विस्तार गरिएको हो र भारतबाट केही वर्षभित्रै करिब १० अर्ब बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सकिने छ ।

  • न्युज बहार संवाददाता

थप