Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शुक्रबार साँझसम्म १० लाख ७८१ जनाले हिमालयन रिइन्स्योरेन्सको आईपीओ

  •   ३ वर्ष अघि | ३० मंसिर २०८०, शनिबार

मंसिर ३०, काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन खुलेको तेस्रो दिन शुक्रबार साँझसम्म १० लाखले भरेका छन् । शुक्रबार साँझ ५ बजेसम्म १० लाख ७८१ जनाले आईपीओ भरेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ।

कुल २ करोड ४९ लाख कित्ताका लागि आवेदन खुलेकोमा तेस्रो दिनसम्म १ करोड ८० लाख ६३ हजार ७९० कित्ताका लागि आवेदन परेको छ । संख्यामा अहिलेसम्म ७२.५४ प्रतिशत आवेदन माग गरिएको कुल सेयर परेको छ ।

बैंक खातामा अहिलेसम्म कुल ३ अर्ब ७२ करोड ११ लाख रुपैयाँ ‘ब्लक’ भएको छ ।

बुधबारदेखि खुलेको हिमालय रिइन्स्योरेन्सको आईपीओ भर्ने म्याद आइतबारसम्म रहेको छ । यद्यपि सम्पूर्ण कित्ताका लागि सो अवधिसम्म आवेदन नपरेको खण्डमा भने थप समय लम्बिने छ ।

  • न्युज बहार संवाददाता

थप