असार
३२, काठमाडौँ । आज असार ३२ गतेदेखि हिमालयन बैंक लिमिटेडले थप सर्वाजनिक निष्काशन
अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) बिक्री खुल्ला गरेको छ।
बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँबराबरको प्रतिशेयर १००
रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९
कित्ता थप सार्वजनिक निष्काशन खुल्ला गरेको हो।
यस
एफपीओमा न्यूनतम १० कित्ता देखि धिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। एफपीओको
निष्काशन बन्द छिटोमा साउन ४ गते हुनेछ भने उक्त अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा
निष्काशन अवधि असार १४ गतेसम्म लम्बिनेछ।
केयर रेटिङ्ग नेपालले एफपीओ
निष्काशनका लागि गराएको रेटिङ्गमा बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग
प्रदान गरेको छ। यसको अर्थ बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम
रहेको संकेत गर्दछ।
सिटिजन्स क्यापिटल
लिमिटेड बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।
सर्वसाधारणले
नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा
वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग
लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत
आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता