Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

३८.१४ अंकले बढेको नेप्सेमा हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार

  •   ३ वर्ष अघि | २ पुस २०८०, सोमवार

पुस २, काठमाडौँ । सोमबार नेप्से परिसूचक ३८.१४ अंक(१.८८ प्रतिशत)ले बढेर २०६०.४९ बिन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि ११ महिना यताकै उच्च भएको छ। आज बजारमा छ अर्ब ८६ करोड ८१ लख ७७ हजार रूपैयाँको सेयर कारोबार भएको छ।

आज ३०५ वटा धितोपत्रको २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर किनबेच भएको छ ।

सोमबार १६५ कम्पनीको सेयर मूल्य बढ्दा ७२ वटाको घटेको छ। यस्तै, ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  

यसदिन १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धरैले बढेको छ। 

आज सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, बोटलर्स नेपाल बालाजु, स्वरोजगार लघुवित्त, बिपिडब्यू लघुवित्त र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। 

यसैगरी, हिमालयन पावर पार्टनरको सेयर मूल्य सर्वाधिक ७.८६ प्रतिशतले घटेको छ।

आज नेप्सेमा हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक ०.३३ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । 

आज लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक ५.५३ प्रतिशतले बढेको छ।

  • न्युज बहार संवाददाता

थप