Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्से र कारोबार रकममा उच्च अंकको बृद्धी

  •   १ वर्ष अघि | ७ साउन २०८२, मङ्लबार

साउन ६, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा पुगेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बजारमा यस दिन ३१९ स्टकको १ लाख ७७ हजार १०१ पटकको कारोबारमा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँबराबरको ४ करोड ३५ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टक (ट्रेड टावर, शिवम् सिमेन्ट्स र सान्भि इनर्जी) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ७१ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बेको छ।  १३ मध्ये सर्वाधिक ४.६३ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ। 

  • न्युज बहार संवाददाता

थप