Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मंसिर २७ गतेदेखि हिमालयन रिइन्स्योरेन्सले आइपिओ निष्कासन हुँदै

  •   ३ वर्ष अघि | २४ मंसिर २०८०, आइतवार

मंसिर २४, काठमाडौँ । मंसिर २७ गतेदेखि हिमालयन रिइन्स्योरेन्सले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो। 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्न लागेको हो।

हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रतिसेयर अंकित १०० रूपैयाँमा १०६ रूपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रूपैयाँका दरले दुई करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखी अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

पुस १ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ।

कम्पनीले आइपिओ निष्कासनका लागी गराएको रेटिङमा इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ एप्रदान गरेको छ। यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको जनाउँछ।

एनएमबी क्यापिटल लिमिटेड कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। 

यस कम्पनीको आइपिओमा लगानिकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयरअनलाइन प्राणालीमार्फत् आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप