असोज १७, काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५
गतेदेखी धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले संसथापक
र साधराण सेयर संरचना मिलाउन मकर्जरपछि एफपीओ जारी गर्न लागेको हो।
कम्पनिले
प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा एक करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको
एक लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।
लगानीकर्ताले
असोज ३० गतेसम्म एफपीओका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओमा न्यूनतम १०
कित्तादेखी अधिकतम एक हजारका लागी आवेदन दिन सकिनेछ।
नेपाल
एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड लघुवित्तको एफपीओ निष्कासनको लागि धितोपत्र निष्काशन
तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
क्रेडिट
रेटिङ कम्पनी इक्रा नेपालले कम्पनिले एफपीओ निष्कासनका लागि गराएको रेटिङमा ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यसले लघुवित्तको
वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
लगानीकर्ताहरुले
यस लघुवित्तको एफपीओमा आवेदन दिनका लागी नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त
सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र त्यसका तोकिएका शाखाहरुका साथै
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ बाट अनलाइन
आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता