मंसिर ८, काठमाडौँ । आज शुक्रबार उन्नति सहकार्य लघुवित्तको एफपिओ बाँडफाँट भएको छ।
आज बिक्री प्रबन्धक सिद्धार्थ
क्यापिटल लिमिटेडको कार्यालयमा भएको बाँडफाँटमा कुल १७ हजार ८४५ जना सर्वसाधारण
आवेदकहरुले गालाप्रथामार्फत सेयर पाएका छन्।
यस एफपिओमा कुल १० लाख ७२ हजार
७६८ जनाले आवेदन दिएका थिए जसमध्ये ३२५ जनाको
आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।
कात्तिक २१ गतेदेखि २४ गतेसम्म कम्पनीले
एफपिओ बिक्री गरेको थियो।
एफपिओ
बाँडफाँटको नतिजा लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र 'मेरो सेयर' एकाउन्टबाट त्यसैगरी कम्पनीको वेबसाइट
तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट हेर्न सकिनेछ।
- न्युज बहार संवाददाता