जेठ
२५, काठमाडौँ। आज (बिहीबार) बिहान युनिक नेपाल लघुवित्तको एफपिओ बाँडफाँट भएको छ।
आज बिहान
बिक्री प्रबन्धक मुक्तिनाथ क्याटिलको कार्यालयमा भएको बाँडफाँटमा भाग्यमानि ३७
हजार ९४२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।
जसमध्ये अर्का
५ जना भाग्यमानीले थप एक कित्ता अर्थात ११ कित्ताका दरले सेयर पाएका छन्।
उक्त युनिक नेपाल लघुवित्तको एफपिओमा कुल १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ता माग गर्दै आवेदन दिएका थिए।
एफपिओ बाँडफाँटको नतिजा लगानीकर्ताहरुले बिक्री प्रबन्धकको वेबसाइट, मेरोसेयर एकाउन्ट, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट हेर्न सक्नेछन्।
- न्युज बहार संवाददाता