बैशाख २१, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से १२.७३ अंकले वृद्धि भएर १८६९.७३ विन्दुमा बन्द भएको हो ।
गत बैशाख १३ गतेदेखि लगातार ५ दिन सम्म घटेको नेप्से आज बिहीबार भने बढेर बन्द भएको हो ।
नेप्सेको सबै उपसूचकहरु बढ्दा नेप्से पनि बढेको हो । नेप्सेमा आज बिहीबार निर्जीवन बीमा उपसूचक सर्वाधिक १.५५ प्रतिशतले वृद्धि भएको छ भने हाइड्रोपावर र वित्त कम्पनी उपसूचक पनि १ प्रतिशतले बढेको छ ।
बिहीबार कारोबार रकम पनि बढेर ७३ करोड २७ लाख पुगेको छ ।
- न्युज बहार संवाददाता