Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

घट्यो नेप्से

  •   २ वर्ष अघि | २२ असोज २०८१, मङ्लबार

असोज २२, काठमाडौँ । मंगलबार नेप्से परिसूचक घटेको छ।

यस दिन नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ विन्दुमा झरेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३०० स्टकको ४५ हजार ८७० पटकको कारोबारमा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दिन मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.५० प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त इन्स्योरेन्सको यस दिन २७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ।

यस दिन सर्वाधिक २.७६ प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप