Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१.९३ अंकले नेप्से घट्दा ५ कम्पनिको शेयर मुल्य सकारात्मक सर्किट लेभलमा

  •   ३ वर्ष अघि | १२ पुस २०८०, बिहिबार

पुस १२, काठमाडौँ । बिहिबार अर्थात साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

आज नेप्से परिसूचक १.९३ अंक(०.०९ प्रतिशत)ले घटेर २०६८.९० विन्दुमा बन्द भएको छ ।

आज बिहिबार नेप्से परिसुचकसँगै कारोबार रकम पनि घटेको छ। यस दिन ३०३ स्टकको १ लाख १ हजार ५०४ पटकको कारोबारमा ४ अर्ब २९ करोड ९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ५८ हजार कित्ता शेयर कारोबार भएको छ।

नेप्से परिसुचक घट्दा पनि यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन। यस दिन चिरख्वा हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा, मनकामना इन्जिनियरिङ्ग, हाथवे इन्भेष्टमेन्ट र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस दिन बिपिडब्लु लघुवित्त र धौलागिरी लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यसदिन कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयलको सबैभन्दा धेरै कारोबार भएको छ।

बिहीबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक घटेका छन भने ६ उपसमूहको परिसूचक बढेको छ ।

यस दिन सर्वाधिक १ प्रतिशतभन्दा बढी होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक १ प्रतिशतभन्दा बढी व्यापार उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप