Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

०.२९ प्रतिशतले नेप्से घट्दा कारोबार रकम ९६ करोडमा खुम्चियो

  •   ३ वर्ष अघि | १७ मंसिर २०८०, आइतवार

मंसिर १७, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ७.२९ अंक (०.२९ प्रतिशत)ले घटेर १८५१.२३ बिन्दुमा बन्द भएको छ।

यसदिन नेप्से परिसूचकसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।

यस दिन २९३ वटा धितोपत्रको ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेचबाट १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रूपैयाँको सेयर कारोबार भएको हो।

आज नेप्सेमा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६३ प्रतिशतले बढेको छ भने तीन वटा कम्पनीको सेयर मूल्य सर्वाधिक सर्किट लेभलमो घटेको छ। यस दिन युनाइटेड इदी मार्दी हाइड्रोपावर, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ। 
यस दिन नेप्सेमा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

त्यसैगरी, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ०.०६ प्रतिशतले माइक्रोफाइनान्स समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।

आज म्युचुअल फण्ड समूहको परिसूचक १.२५ प्रतिशतले सर्वाधिक घटेको छ।

  • न्युज बहार संवाददाता

थप