असोज २८, काठमाडौँ । चौथो दिनसम्ममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा माग भन्दा झण्डै १०० गुणा बढी आवेदन परेको छ। १० लाख ७० हजार ७६६ जनाले लघुवित्तको एफपीओमा आवेदन दिएका छन् ।
आइतबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा लघुवित्तको एफपीओमा १० लाख ७० हजार ७६६ कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । एक अर्ब २२ करोड ९८ लाख ६८ हजार रूपैयाँको आवेदन कम्पनीले जारी गरेको एफपीओमा परेको हो। आजसम्ममा लघुवित्तको एफपीओमा माग गरे भन्दा ९९.३३ गुणा बढी आवेदन दिइएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेको हो ।
असोज ३० गतेसम्म सो शेयरका लागि लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।
- न्युज बहार संवाददाता