Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तिन दिनको बृद्धी पछी आज घट्यो नेप्से, कारोबार रकम कति?

  •   ३ वर्ष अघि | १७ माघ २०८०, बुधबार

माघ १७, काठमाडौँ । आज नेप्से सेयर बजार परिसुचक बुधबार घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २१.६७ अंक(१.०२ प्रतिशत) ले घटेर २०९७.९३ विन्दुमा बन्द भएको हो।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ। यस दिन ३१३ स्टकको ९५ हजार पटकको कारोबारमा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। 

यस दिन सर्वाधिक ९.८७ प्रतिशतले सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९.६७ प्रतिशत र पिपुल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले बढेको छ। यस दिन स्वाभिमान लघुवित्त, मेन्छियाम हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेका छन ।

यस दिन पनि हिमालयन रि इन्स्योरेन्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह ०.१४ प्रतिशतले बढेको छ भने बाँकी अरु सबै उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक २.०४ प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप